२०८२ जेष्ठ २ शुक्रबार
२०८२ जेष्ठ २ शुक्रबार

सिधा कुराका पत्रकार नवीन ढुंगाना र युवराज कँडेल थुनामुक्त

काठमाडौँ । सिधा कुराका पत्रकार नवीन ढुंगाना र युवराज कँडेल थुनामुक्त भएका छन् । माफी मागेपछि उनीह्रु आज जेलमुक्त भएका हुन् । अदालतको अवहेलना ठहर भएर ढुंगाना र कँडेल असोज १३ गते जेल चलान भएका थिए ।

‘सिधा कुरा’ डटकममा ’डार्क फाइल’ भनेर प्रसारण÷प्रकाशन गरिएको सामग्रीविरुद्ध परेको अदालतको अवहेलना मुद्दामा उनीहरुलाई जेल सजायको फैसला भएको थियो ।

सर्वोच्च अदालतको ९ सदस्यीय बृहत् पूर्ण इजलासले ’फेक अडियो’ बनाउने राजकुमार तिमल्सिनालाई ६ महिना र प्रकाशन÷प्रसारण गर्ने सिधा कुरा अनलाइनका प्रकाशक युवराज कँडेल र कार्यकारी सम्पादक नवीन ढुंगानालाई ३र३ महिना कैद सजाय सुनाएको थियो ।

लिखित निवेदन दिएर प्रसारित सामग्रीको विषयमा क्षमायाचना गरेमा सिधा कुराका प्रकाशक र सम्पादकलाई तोकिएको सजाय घटाएर ७ दिन कायम हुने फैसलामा उल्लेख भएअनुसार ढुंगाना र कँडेल थुनामुक्त भएका हुन् । क्षमायाचना गरेपछि अदालतबाट पत्र आएसँगै आज बिहान ढुंगाना र कडेल छुटेको केन्द्रीय कारागारका जेलर कृष्णबहादुर कटुवालले जानकारी दिए ।

https://www.khabarpetika.com/2024/10/06/8406/

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।