२०८२ असार २ सोमबार
२०८२ असार २ सोमबार

जनताले विश्वास गरेर जिताएको छ,मलाई रामेछापको विकास कसरी गर्ने भन्ने चिन्ता छ:सांसद कान्छाराम

काठमाडौँ । नेपाली काङ्ग्रेस रामेछापका सभापति एवम् प्रतिनिधिसभा सदस्य पुर्ण बहादुर तामाङ(कान्छाराम) ले रामेछापको विकासका लागि आफू चिन्तित रहेको बताएका छन् ।

विहिबार साङ्गा छ्योइलिङ गुम्बाद्वारा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।

सबैजनाले विश्वास गरेर जिताउनु भएको छ ।मलाई रामेछापको विकास कसरी गर्ने भन्ने चिन्ता छ´, कान्छारामले भने ।

उनले रामेछापको ६४ वटै वडाको प्रत्येक ठाउँ-ठाउँमा बाटो ,खानेपानी र सिँचाइको व्यवस्था गर्न पाए आफू सन्तुष्ट हुने बताए ।

रामेछापेली जनताका समस्यामा हरेक समय संगै रहेर काम गर्ने उनले बताए । `म हरेक समस्यामा तपाईंहरु संगै रहनेछु । कहिकतै केही आवस्यक परे रात वा दिन जतिखेर पनि मलाई सम्झनुहोला´,कान्छारामले भने ।

साथै रामेछापमा आफू निर्वाचित भएर आएपछि हालसम्म झन्डै चार अर्व जति रकम प्रदेश र संघ मार्फत विभिन्न विकास निर्माणका कार्यहरू गर्न लगिएको उनले दावी गरे ।

छुटाउनुभयो कि ?

error: कपि गर्नु राम्रो होइन ! कृपया आफ्नो भाषामा लेख्नु होला !

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।