२०८२ असार ३१ मंगलवार
२०८२ असार ३१ मंगलवार

भकुण्डेवेशीबाट तिमाल हुँदै रामेछापको सित्खा जोड्ने बाटो खुल्यो ,अध्यक्ष लामा आँफै फिल्डमा

काभ्रे । अविरल वर्षाका कारणले अवरुद्ध भएको काभ्रेको भकुण्डेवेशीबाट तिमाल खैरेनीहुँदै मध्येपहाडी राजमार्ग भएर रामेछापको सित्खा पुलबाट सुनकोशी नदी पार गरि बीपी राजमार्ग निस्कने छोटोदुरीको वैकल्पिक सडक आजबाट संचालनमा आएको छ ।

तेमाल गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष र पालिकाका कार्मचारीको सक्रियतामा सिविबार साँझसम्ममा सडक सरसफाइ तथा मर्मत गरेर सञ्चालनमा आएको हो ।

भकुन्डेबेसीबाट तेमाल खैरेनीबाट सित्खासम्म करिब ३५ किलोमिटर र सित्खाबाट खुर्कोट २० किलोमिटर दुरी रहेको छ ।

यो सडक शनिबारबाट नै नै मोटरसाइकल र साना सवारीका लागि सडक खुलिसकेको र आजबाट यात्रुसवाहक बस सञ्चालनमा आउने तेमाल गाउँपालिकाका अध्यक्ष चन्द्रबहादुर तामाङको सचिवालयले जनाएको छ ।

बाढी पहिरोको कारण तेमाल गाउँपालिकाका वडा जोड्ने सबै सडकमा क्षति पुगेको छ, भने तेमालबाट काठमाडौँ जोड्ने सडकमा डाँडागाउँ र बोहोरेदोभान बाट पर्सेल जोड्ने सडक पनि अवरुद्ध भएको थियो । यो सडक पनि आतबारदेखि नै सञ्चालनमा ल्याउने गरि काम गरिएको अध्यक्षको सचिवालयले जानकारी दिएको छ ।

भकुण्डेवेशीबाट बीपी राजमार्ग भएर खुर्कोट पुग्न ५९ किलोमिटर छ भने तिमाल हुँदै खुर्कोट पुग्न ५५ किलोमिटर मात्रै छ । यता बीपी राजमार्ग अन्तर्गत नेपालथोक-धुलीखेल खण्डमा अस्थाइ सडक निर्माण जारी छ । 

तेमाल गाउँपालिका अध्यक्ष चन्द्र लामा सहितको टिम अहिले फिल्डमा खटेर जनताको दुखमा साथ दिइरहेका छन् ।

छुटाउनुभयो कि ?

error: कपि गर्नु राम्रो होइन ! कृपया आफ्नो भाषामा लेख्नु होला !

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।