२०८२ असार ३१ मंगलवार
२०८२ असार ३१ मंगलवार

सांसद कान्छाराम र कुलमान घिसिङले गरे रामेछाप फुलासीका चार जना लामाहरुलाई सम्मान

काठमाडौँ । रामेछाप जिल्ला मन्थली नगरपालिका १४ फुलासीका चार जना बौद्ध धर्म गुरु विज्ञहरुलाई सम्मान गरिएको छ ।

विहिबार काठमाडौ स्थित बौद्धमा साङ्गा छोइलिङ गुम्बाले एक कार्यक्रमको आयोजना गर्दै सम्मान गरेको हो ।

सम्मान हुनेहरुमा लामामा घेशे ल्हारम्पा(पिएचडि) भारतकाे मैशाेर,सेरा शेर्पाेम विश्वविद्यालय गुम्वाबाट पहिलाे लेवलमा पास भएका पासाङ लामा(थुप्तेन ज्याम्पाल),सम्पुर्णनान्द संस्कृत विश्वविद्यालय वारानासी भारत बाटा डिग्री ,आचार्य पास गरेका ढाकार छोइलिङ गुम्बाका वंश असोक लामा(थुप्तेन),सम्पुर्णनान्द संस्कृत विश्वविद्यालय वारानासी भारत बाटै डिग्री ,आचार्य पास गरेका ढाकार छोइलिङ गुम्बाकै वंश बुद्ध लामा र फर्पिङ स्थित ङिङ्मा पाल्युल उर्गेन दाेर्जे छ्याेलिङ गुम्बाबाट अध्ययन गरि लामामा मास्टर डिग्री पास गरेका लाेपेन साङ्ग्ये ग्याल्छेन लामा रहेका छन् ।

उनीहरूलाई नेपाली काङ्ग्रेस रामेछापको जिल्ला सभापति समेत रहेका प्रतिनिधिसभा सदस्य पुर्ण बहादुर तामाङ(कान्छाराम) र नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक कुलमान घिसिङले खादा सहित सम्मान पत्र हस्तान्तरण गरेर सम्मान गरिएको थियो ।

कार्यक्रममा प्रमुख अतिथिको रूपमा उपस्थित रहेका सांसद कान्छारामले उनीहरुलाई बधाई तथा शुभकामना दिँदै अब काठमाडौँमा नभएर जिल्लामा गएर आफुले पाएको ज्ञान बाँड्दै आफुजस्तै अरु व्यक्तिहरु उत्पादन गर्न लाग्न सुझाव दिए ।

त्यस्तै उनले रामेछापको लागि यो ऐतिहासिक काम भएको बताए । रामेछापमा धेरै गुम्बाहरु छन् ,धार्मिक कार्यक्रमहरु अगाडि बढेको छ,कान्छारामले भने`तर यसरी धेरै बर्ष मेहनत गरेर पढेर ज्ञान हासिल गर्ने कमै छन् । त्यसमध्येमा तपाईंहरु पर्नुभएको छ । म खुशी छु । तपाईंहरुलाई बधाई साथै सफलताको शुभकामना दिन चाहन्छु ।´

उनले सबै धर्मगुरुहरु एक भएर अगाडि बढ्न समेत अनुरोध गरे ।`लामाहरु मिलेर काम गर्नुस । लामाहरु मिल्दैन ,मलाई थाहा छ । एउटाले गर्ने कुरा अर्कोले अस्विकार गर्नु हुँदैन`,कान्छारामले भने ।

छुटाउनुभयो कि ?

error: कपि गर्नु राम्रो होइन ! कृपया आफ्नो भाषामा लेख्नु होला !

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।