२०८२ श्रावण १ बिहीबार
२०८२ श्रावण १ बिहीबार

कलाकार अनुप योञ्जन सम्मानित

काठमाडौं । कलाकार एवं निर्देशक अनुप योञ्जन सम्मानित भएका छन् । विहिबार कोशी भिजन फिलिम्सले दमक स्थित डि माक्स हलमा नेपाली कथानक चलचित्र चारदामको बिशेष शो को अवसरमा उनलाई सम्मान गरिएको हो।

अनुप संगै नेपाल पत्रकार महासंघ झापाका सचिव एवं चलचित्र निर्देशक डिकेश लामा, कलाकार तथा मोडल शान्ति पाख्रिन लामा गुरुङ, कलाकार राज खिम्दिम लिम्बु र चलचित्रका प्राविधिक श्याम गिरिलार्इ सम्मान गरेको हो ।

अनुप कोशी भिजन फिलिम्स ब्यानर बाट निर्मित सगुन, अस्तित्वको लडाईमा मुख्य नायकको भूमिकामा रहेको र सोहि ब्यानर बाट निर्मित चलचित्र अभियानमा बिशेष भूमिका निभाएर उल्लेखनिय योगदान पुर्याएको भन्दै संस्थाका अध्यक्ष एवं निर्देशक लाख मान योञ्जनले उक्त कार्यक्रममा सम्मान गरेको हो।

अनुपले पाँच नेपाली फिल्ममा कुशल अभिनय गरेका छन् । उनको डेब्यु चलचित्र सिक्किम बाट निर्माणाधीन भएको नेपाली कथानक चलचित्र शास्त्र हो भने त्यसका अलवा उनले करिव ३ दर्जन जति म्युजिक भिडियोहरुमा अभिनय गरिसकेका छन् भने हाल उनि सर्ट मोभी र म्युजिक भिडियो निर्देशनमा ब्यस्त छन् । उनले आफ्नै होम प्रोडक्सन पिस ल्याम्प इन्टरटेनमेन्ट प्रालिबाट नेपाली चलचित्र निर्माण र निर्देशन गर्ने तयारी समेत गरेका छन् । त्यसको लागि चलचित्रको स्क्रिप्ट तयारी भइरहेको उनले बताए।

छुटाउनुभयो कि ?

error: कपि गर्नु राम्रो होइन ! कृपया आफ्नो भाषामा लेख्नु होला !

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।