२०८२ कार्तिक २९ शनिबार
२०८२ कार्तिक २९ शनिबार

४० मेगावाट बिजुली बंगलादेश बेच्न त्रिपक्षीय सम्झौतामा हस्ताक्षर

काठमाडौं । चालिस मेगावाट विद्युत् सम्झौताका लागि नेपाल–भारत–बंगलादेशबीच त्रिपक्षीय सम्झौतामा हस्ताक्षर भएको छ । बिहीबार काठमाडौंको दरबारमार्गस्थित होटेल याक एन्ड यतीमा आयोजित औपचारिक कार्यक्रममा तीनै देशका प्रतिनिधिले हस्ताक्षर गरेका हुन् ।

कार्यक्रममा बोल्दै ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले नेपालको विकासमा यो सम्झौताले महत्त्वपूर्ण योगदान गर्ने बताए । ‘नेपालका तत्कालीन शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ऊर्जा क्षेत्रको भिजन पेपरमा हस्ताक्षर गर्नुभएको थियो । हालै प्रधानमन्त्री केपी शर्मा ओली र बंगलादेश सरकारका प्रमुख सल्लाहकार मोहम्मद युनुसले यो सम्झौताका लागि संयुक्त बैठकमार्फत दिशा निर्देश गर्नुभएको थियो । उहाँहरूको पहलले यो सम्भव भएको हो,’ मन्त्री खड्काले भने ।

सम्झौता पत्रमा नेपालको तर्फबाट नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, भारतको तर्फबाट एनटीपीसी विद्युत् व्यापार निगमकी प्रमुख कार्यकारी अधिकृत रेणु नारङ तथा बंगलादेशको तर्फबाट बंगलादेश पावर डेभलपमेन्ट बोर्डका अध्यक्ष मोहमद रेजुलकरिमले हस्ताक्षर गरे । हस्ताक्षरसँगै नेपाल–बंगलादेश विद्युत् व्यापारको बाटो खुलेको छ ।

छुटाउनुभयो कि ?

error: कपि गर्नु राम्रो होइन ! कृपया आफ्नो भाषामा लेख्नु होला !

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।