२०८२ जेष्ठ २ शुक्रबार
२०८२ जेष्ठ २ शुक्रबार

रामेछाप–सिन्धुली जोड्ने खुर्कोट पुल बनाउन कान्छारामको अग्रसरता, भोलीदेखि सामान ल्याइदै

रामेछाप । सरकारले बाढीले बगाएको रामेछाप–सिन्धुली जोड्ने खुर्कोटमा पुनः बेलिबृज निर्माण गर्ने प्रक्रिया अघि बढाइएको छ । गत शुक्रबार र सनिबार आएको बाढिले खुर्कोट पुल बगाएपछि सो स्थानमा बेलिबृज निर्माण गर्ने प्रक्रिया अघि बढाएको हो ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले बेलिबृज निर्माण गर्ने जिम्मेवारी नेपाली सेनालाई दिने निर्णय गरेसँग अब तत्काल काम अघि बढने भएको छ । बाढीले रामेछापतर्फको खण्डको पुल बगाए पनि पिलर भने जोगिएको छ । सोही पिलरबाटै पुनः सिन्धुलीतर्फ जोडने बृलिबृज निर्माण हुने भएको छ ।


आज रामेछापबाट प्रतिनिधिसभामा निर्वाचित ऊर्जा जलस्रोत तथा सिंचाई राज्यमन्त्री पूर्ण बहादुर तामाङ(कान्छाराम)ले खुर्कोटमा बेलिबृज निर्माण गर्नको लागि रक्षा मन्त्री मानवीर राईलाई भौतिक मन्त्रालयबाट भएको निर्णय बुझाएका छन् । मन्त्री तामाङका अनुसार भोलिबाट बेलिबृजको सामान हेडौडाबाट ल्याउने काम सुरु हुनेछ । त्यसको लागि मन्त्री आफँै विहबिार हेडौडा जाने बताइएको छ ।

पुलमा सडक डिभिजन हेटौडा अन्तर्गत रहेको ५० मिटर लम्बाईलाई ल्याएर खुर्कोटमा जडान गरिनेछ ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।