२०८२ मंसिर २५ बिहीबार
२०८२ मंसिर २५ बिहीबार

वैदेशिक रोजगारमा विभिन्न देशहरूमा पठाइदिन्छु भनी ठगी गर्ने तीन जना पक्राउ

काठमाडौं: वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी ग्रीस, दुबई लगायतका देशहरूमा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ३ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा भक्तपुर, भक्तपुर नगरपालिका-९ गच्छेटोल घर भई काठमाडौं टोखा नगरपालिका-७ बस्ने ३४ वर्षीय सुदन राज अमात्य, नुवाकोट तादी गाउँपालिका-३ घर भई काठमाडौं टोखा नगरपालिका-९ नयाँबसपार्क बस्ने २८ वर्षीया अन्जना चौलागाई र गुल्मी मालिका गाउँपालिका-६ घर भई ललितपुर महानगरपालिका-२ गोदावरी बस्ने ३५ वर्षीया बिन्दु केसी रहेका  छन् ।  

पक्राउ मध्ये सुदनले १ जना पीडितबाट ५ लाख रूपैयाँ, अन्जनाले १ जना पीडितबाट २ लाख ९० हजार रूपैयाँ र बिन्दुले १ जना पीडितबाट १ लाख ५ हजार रूपैयाँ लिई सम्पर्क विहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले सुदनलाई काठमाडौं पुतलीसडकबाट, अन्जनालाई काठमाडौं नयाँबसपार्कबाट र बिन्दुलाई ललितपुर गोदावरीबाट पक्राउ गरेको हो । 

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

छुटाउनुभयो कि ?

error: कपि गर्नु राम्रो होइन ! कृपया आफ्नो भाषामा लेख्नु होला !

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।