२०८२ जेष्ठ ९ शुक्रबार
२०८२ जेष्ठ ९ शुक्रबार

काष्ठमण्डपलाई दोहोरो उपाधि

काठमाडौं । आयोजक काष्ठमण्डप विद्यालयले दोश्रो काष्ठमण्डप कपमा मंगलबार दोहोरो उपाधि जितेको छ । काष्ठमण्डप सिनियर ब्वाइज र जुनियर ब्वाइजको फुटसलमा च्याम्पियन बन्यो ।

सिनियर ब्वाइजको फाइनलमा काष्ठमण्डपले काठमाडौं प्रज्ञाकुञ्ज स्कुललाई ४–० गोलले पराजित ग¥यो । काष्ठमण्डपका मानव सुब्बाले २ तथा अविग्नसिंह ठकुरी र कृयश सापकोटाले समान १–१ गोल गरे । मानव प्रतियोगिताकै उत्कृष्ट खेलाडी पनि घोषित भए । काष्ठमण्डपकै रोनक प्रधान उत्कृष्ट गोलरक्षक चुनिए ।

जुनियर ब्वाइज फाइनलमा काष्ठमण्डपले रातो बंगलालाई ६–२ गोलले हरायो । काष्ठमण्डपका लागि सहज ढकालले ह्याट्रिकसहित ४ गोल गरे । गिरिश घिमिरेले २ गोल थपे । सहजनै उत्कृष्ट खेलाडी बने । काष्ठमण्डपका आरम्भ श्रेष्ठ उत्कृष्ट गोलरक्षक ठहरिए ।

फुटसलकै सिनियर गल्र्सको उपाधि काठमाडौं वल्र्ड स्कुलले जित्यो । उपाधि भिडन्तमा काठमाडौं वल्र्ड स्कुलले जोन डेवीलाई सडन डेथमा पाखा लगायो । निर्धारित समयको खेल १–१ बराबरीमा टुंगिएपछि खेलको निर्णय सोझै पेनाल्टी सुटआउटबाट गरिएको थियो । जोन डेवीकी रियान्सी त्रिपाठी उत्कृष्ट खेलाडी तथा काठमाडौं वल्र्ड स्कुलकी अरुणा सिंह उत्कृष्ट गोलरक्षक बने ।

बास्केटबलमा टीआईए र एनसीसीएसले उपाधि जिते । टीआईए ब्वाइज तथा एनसीसीएस गल्र्समा पहिलो भए ।

ब्वाइजको फाइनलमा टीआईएले विल्सन एकेडेमीमाथि ४५–४४ को कठिन जित दर्ता ग¥यो । गल्र्सको उपाधि भिडन्तमा एनसीसीएसले काष्ठमण्डपलाई २७–२१ ले पराजित ग¥यो । ब्वाइजमा टीआईएका रोशन नगरकोटी तथा गल्र्समा एनसीसीएसकी दिभा महर्जन ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए ।

विजेतालाई नेपाल बास्केटबल संघका अध्यक्ष भीमसिंह गुरुङ, काष्ठमण्डपकी संस्थापक प्रिन्सिपल एवं निर्देशक डा. शिवा थापा, काष्ठमण्डपकी निर्देशक इला पियालगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । साताव्यापी प्रतियोगिताको बास्केटबलतर्फ सिनियर ब्वाइजमा १२ तथा सिनियर गल्र्समा ८ टिमले प्रतिस्पर्धा गरेको काष्ठमण्डपका इसीए इन्चार्ज सुन्दर बुढाथोकीले जनाएका छन् । फुटसलको सिनियर ब्वाइजमा र जुनियर ब्वाइजमा समान १२–१२ तथा सिनियर गल्र्समा ८ टिम सहभागी थिए ।

https://www.khabarpetika.com/2024/10/01/8277/

छुटाउनुभयो कि ?

error: कपि गर्नु राम्रो होइन ! कृपया आफ्नो भाषामा लेख्नु होला !

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।