२०८२ जेष्ठ ३ शनिबार
२०८२ जेष्ठ ३ शनिबार

१२ औं एनएसए कप पौडी प्रतियोगिता सम्पन्न,उत्कृष्ट खेलाडी नगद सहित सम्मान

काठमाडौँ । नेपाल पौडी संघको आयोजनामा १२ औं एनएसए कप पौडी प्रतियोगिता सम्पन्न भएको छ ।

आइतबार युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले उद्घाटन गर्दै शुरु भएको प्रतियोगिता आज रास्ट्रीय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै सदस्य सचिव घिसिङले प्रतियोगिताको आयोजना गरेकोमा पौडी संघको प्रशंसा गर्दै खेलाडी हरुलाई पौडीमा निरन्तरता दिन अनुरोध गरे । उनले लामो समयसम्म निर्वाचन नभइरहेको अवस्थामा अहिले संघको विधान र नियमानुसार नै निर्वाचन भएर पौडी संघ अगाडी बढेको बताए ।’पौडी विकासको लागि एकमात्र संघ नेपाल पौडी संघ हाे । जुन जगतमान श्रेष्ठको अध्यक्षतामा रहेको र उहाँकै नेतृत्वमा अन्तर्राष्ट्रिय पौडी प्रतियोगितामा नेपालबाट खेलाडीहरु सहभागी रहने छ ,’उनले भने ।

प्रतियाेगीतामा उत्कृष्ट हुनेलाइ नगद र मेडल सहित पुरस्कार दिएर सम्मान गरिएकाे थियाे ।

प्रतियोगितामा विभिन्न विद्यालय, पौडी क्लब र प्रदेशबाट कुल दुइ सय ८० खेलाडीकाे सहभागी रहेकाे संघले जनाएको छ । खुला (महिला/पुरुष) र विभिन्न उमेरसमूह (महिला/रुष) गरी कुल ७२ वटा स्पर्धामा प्रतिस्पर्धा सम्पन्न भएकाे छ ।

त्यस्तै कार्यक्रममा पाैडी खेलकाे विकास र विस्तारमा विगत पाँच दशकदेखि अनवरत रुपमा याेगदान दिएका पद्म जङ्ग शाह र अमेरिकाकाे एटलान्टा सहरमा सन् १९९६ मा भएकाे ग्रीष्मकालीन ओलम्पिक प्रतियाेगितामा नेपालकाे तर्फबाट पहिलाेपटक अन्तर्राष्ट्रिय क्षेत्रमा सहभागी जनाएका सिताराम शाहीलाई संघले सम्मान समेत गरेकाे छ ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।