२०८२ श्रावण १ बिहीबार
२०८२ श्रावण १ बिहीबार

१२ औँ एनएसए कप पौडी प्रतियोगिता: खेलकुद मन्त्री चौधरीले गरे उद्घाटन

काठमाडौं । नेपाल पौडी संघको आयोजनामा १२ औँ एनएसए कप पौडी प्रतियोगिता आजबाट शुरु भएको छ ।

सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरको आउटडोर पौडी पोखरीमा आइतबार नेपाल सरकारको युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले एक कार्यक्रमकावीच उद्घाटन गरेका थिए ।

कार्यक्रमको उद्घाटन गर्दै मन्त्री चौधरीले पौडी खेल स्वास्थ्यको साथै आर्थिक रूपमा प्रोत्साहन हुनेगरी आयोजना गर्नुपर्ने बताए ।

उनले कार्यक्रम सफलताको शुभकामना दिँदै खेल सँगै विशेषगरि आर्थिक पाटोलाई बलियो बनाउनुपर्नेमा जोड दिए ।

त्यस्तै नेपाल पौडी संघको अध्यक्ष जगतमान श्रेष्ठले प्रतियोगिताको बारेमा प्रमुख अतिथिको रूपमा उपस्थित मन्त्री चौधरीलाई जानकारी गराउँदै १२ औं एनएसए कप विषेश रूपमा आयोजना गरिएको बताए ।

उनले पौडी संघभित्र विवाद भन्ने कुरा कुरा बाहिर चर्चा रहेकोे भएपनी पौडी संघमा कुनै विवाद नभएको बताए । उनले संघभित्र सानो टेक्निकल समस्या भएकोले अब चाँडै त्यो समस्या हटेर जाने दावी गरे ।

प्रतियोगितामा खुला (महिलापुरुष) र विभिन्न उमेरसमूह (महिलाररुष) गरी कुल ७२ वटा स्पर्धामा प्रतिस्पर्धा हुनेछन् ।

प्रतियोगितामा विभिन्न विद्यालय, पौडी क्लब र प्रदेशबाट कुल २८० जना प्रतिस्पर्धिहरुको सहभागी रहेको छ । प्रतियोगिता सोमबार सम्पन्न हुनेछ ।

छुटाउनुभयो कि ?

error: कपि गर्नु राम्रो होइन ! कृपया आफ्नो भाषामा लेख्नु होला !

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।