२०८२ असार २ सोमबार
२०८२ असार २ सोमबार

एनएसए कप पौडी प्रतियोगिता शुरु,आज चार बजे खेलकुद मन्त्री चौधरीले उद्घाटन गर्दै

काठमाडौं । नेपाल पौडी संघको आयोजनामा १२ औँ एनएसए कप पौडी प्रतियोगिता आजबाट शुरु भएको छ ।

सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरको आउटडोर पौडी पोखरीमा आइतबार बिहान ८ बजेबाट शुरु भएको प्रतियोगितामा हालसम्म २१ वटा खेल सम्पन्न भएको आयोजकले जनाएको छ । खुला (महिला/पुरुष) र विभिन्न उमेरसमूह (महिला/रुष) गरी कुल ७२ वटा स्पर्धामा प्रतिस्पर्धा हुनेछन् ।

त्यस्तै प्रतियोगिताको औपचारीक रुपमा उद्घाटन आजै अपरान्ह चार बजे नेपाल सरकारको युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले गर्ने तयारी रहेको आयोजक पौडी संघका सचिव गंगालाल गोलेले जानकारी दिए ।

प्रतियोगितामा विभिन्न विद्यालय, पौडी क्लब र प्रदेशबाट कुल २८० जना प्रतिस्पर्धिहरुको सहभागी रहेको छ । प्रतियोगिता सोमबार सम्पन्न हुनेछ ।

छुटाउनुभयो कि ?

error: कपि गर्नु राम्रो होइन ! कृपया आफ्नो भाषामा लेख्नु होला !

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।