२०८२ श्रावण १ बिहीबार
२०८२ श्रावण १ बिहीबार

आज देखि एसईई परीक्षा सुरु

काठमाडौं- माध्यमिक शिक्षा परीक्षा (एसईई) आजबाट सुरु भएको छ। परीक्षा बिहान ८ बजेदेखि सुरु भएको हो। परीक्षा आजदेखि चैत २७ गतेसम्म चल्नेछ। पहिलो दिन आज अंग्रेजी विषयको परीक्षा भइरहेको छ।

एसईई परीक्षामा सामुदायिक तथा संस्थागत गरी १० हजार ८०६ विद्यालयका २ लाख ५० हजार ७७२ छात्रा, २ लाख ५३ हजार ६२७ छात्र र यौनिक तथा लैंगिक अल्पसंख्यक १५ जना गरी कुल ५ लाख ४ हजार ४१४ जना परीक्षार्थी सहभागी हुने परीक्षा नियन्त्रक नन्दलाल पौडेलले जानकारी दिए।

यौनिक तथा लैंगिक अल्पसंख्यक विद्यार्थी रुपन्देहीबाट चार जना, पर्सा र सप्तरीबाट दुई/दुई जना तथा सुर्खेत, बाँके, दाङ, चितवन, गोरखा, खोटाङ र इलाम सुर्खेतबाट एक/एक जना छन्।

एसईई परीक्षाका लागि २ हजार ६४ परीक्षा केन्द्र निर्धारण गरिएको छ। सबैभन्दा कम मनाङ र मुस्ताङमा एक/एक केन्द्र तथा सबैभन्दा बढी काठमाडौंमा १२७ परीक्षा केन्द्र छन्।

छुटाउनुभयो कि ?

error: कपि गर्नु राम्रो होइन ! कृपया आफ्नो भाषामा लेख्नु होला !

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।