२०८२ असार ३१ मंगलवार
२०८२ असार ३१ मंगलवार

घरेलु प्रतियोगिताको संरचनालाई बलियो बनाउनुस्– सदस्य सचिव

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङले नेपाल क्रिकेट संघ (क्यान) लाई घरेलु प्रतियोगिताका संरचनालाई बलियो बनाउनु पर्ने सुझाव दिएका छन् । क्यानको शुक्रबारदेखि पोखरामा सुरु भएको साधारण सभाको उद्घाटन सत्रलाई सम्बोधन गर्दै सदस्य–सचिव घिसिङले सो कुरा बताएका हुन् ।


‘युवा तथा उमेर समुहका खेलाडीहरुको उत्पादनमा क्यानले विशेष ध्यान दिने छ भन्ने विश्वास छ । उमेरसमूहका कार्यक्रम लक्षित गरी नेपालले १० वर्षको अन्तरालमा होइन, हरेक विश्वकप नेपालको उपस्थिति हुने वातावरण बनाउन आवश्यक छ ।’ सदस्य–सचिव घिसिङले भने– ‘यस्ता खेलाडी उत्पादन गर्नुस् जसले अहिलेका स्टार खेलाडीहरुलाई समेत झस्काउन सकुन् । घरेलु क्रिकेटको संरचना उत्कृष्ट खेलाडी उत्पादनमा समेत निर्भर हुने भएकाले यसमा जोड दिनु पर्छ । क्रिकेट खेलको विकासका लागि साधारण सभाले महत्वपूर्ण बाटो तय गर्ने विश्वास   छ ।’


सदस्य–सचिव घिसिङले नेपाली क्रिकेटको विकासका लागि आफ्नो कार्यकालमा सक्दो सहयोग गरेको स्मरण गर्दै भने – ‘जिल्ला संघ विस्तारमा सघाएका छौं । विश्वकप क्रिकेटको तयारीका लागि बजेट विनियोजन गरेका थियौं । राष्ट्रिय गौरवका रुपमा क्रिकेट रंगशाला निर्माणका लागि पहल गर्दै सो कार्यलाई घनीभुत रुपमा अगाडि बढाएका छौं ।’

छुटाउनुभयो कि ?

error: कपि गर्नु राम्रो होइन ! कृपया आफ्नो भाषामा लेख्नु होला !

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।