२०८२ फाल्गुन १ शुक्रबार
२०८२ फाल्गुन १ शुक्रबार

विपन्न वर्गलाई धनी बनाउन सरकार लागिरहेको छ : मन्त्री खड्का

रसुवा । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले जलविद्युत्मार्फत गरिब र विपन्न वर्गलाई धनी बनाउन सरकार लागिरहेको बताएका छन् ।

रसुवा जिल्लामा निर्माणाधीन र निर्माण सम्पन्न भएका जलविद्युत् आयोजनाको निरीक्षणका क्रममा बुधवार स्याफ्रुबेँसीमा आयोजित नेपाली कांग्रेसका कार्यकर्ता तथा जनप्रतिनिधिसँगको भेटमा उहाँले गरिब र विपन्न वर्गलाई जलविद्युत्को शेयर सुनिश्चित गर्न सरकार लागिरहेको बताए ।

“स्थानीयवासीका लागि १० प्रतिशत शेयर भनिएको छ, उक्त शेयरमा गरिब तथा विपन्न वर्गको पहुँच अहिलेसम्म पुग्न सकेको छैन, उनीहरूलाई शेयरमा पहुँच पुर्‍याएर जीवनस्तर उकास्नका लागि सरकारले काम गर्छ,” उनले भने ।

रसुवा जिल्लामा मङ्गलबार र बुधबार भएको स्थलगत निरीक्षणका क्रममा मन्त्री खड्काले चालु रहेको ६० मेगावाट माथिल्लो त्रिशूली वान, २२ मेगावाट क्षमताको चिलिमे जलविद्युत् केन्द्र तथा निर्माण सम्पन्न भई राष्ट्रिय प्रसारण लाइनको अभावमा संरचना तयार भई उत्पादन बाँकी रहेको एक सय ११ मेगावाट रसुवागढी र ४२ दशमलव पाँच मेगावाट साञ्जेन जलविद्युत् आयोजना तथा निर्माणाधीन २१६ मेगावाट अपर त्रिशूली–१ जलविद्युत् आयोजनाको स्थलगत निरीक्षण गरेका थिए ।

छुटाउनुभयो कि ?

error: कपि गर्नु राम्रो होइन ! कृपया आफ्नो भाषामा लेख्नु होला !

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।