२०८२ असार २ सोमबार
२०८२ असार २ सोमबार

काष्ठमण्डपको दोहोरो जित

काठमाडौँ । आयोजक काष्ठमण्डप विद्यालयले दोश्रो काष्ठमण्डप कपअन्तर्गत बास्केटबलमा मंगलबार दोहोरो जित हात पारेको छ । काष्ठमण्डपको ब्वाइज÷गल्र्स दुवैको ‘ए’ टोलीले विजयी सुरुआत गरे ।


मण्डिखाटारस्थित घरेलु कोर्टमा भएको ब्वाइजको प्रतिस्पर्धामा काष्ठमण्डपले मिल्सबेरीलाई २७–११ ले पराजित ग¥यो । गल्र्समा काष्ठमण्डपले एलआरआईलाई १७–६ ले हरायो ।


फुटसलको सिनियर ब्वाइजमा विल्सन एकेडेमीले काठमाडौं विद्याकुञ्ज ‘ए’ एलाई ५–० तथा एलआरआईले जोन डेवीलाई २–० गोलले पाखा लगाए ।

जुनियर बवाइजमा विल्सनले काठमाडौं विद्याकुञ्ज ‘बी’ लाई २–०, द चाँदबाग स्कुलले लिटिल वन्डरलाई ४–० तथा अध्ययनले टीआईएलाई ५–० गोलले पन्छाए । सिनियर गल्र्समा काठमाडौं वल्र्ड स्कुलले जोन डेवीलाई २–१ र काठमाडौं विद्याकुञ्ज ‘बी’ लाई ८–० तथा अध्ययनले टीआईएलाई ८–३ गोलले पराजित गरे ।
प्रतियोगिताको राष्ट्रिय पुरुष बास्केटबल टोलीका कप्तान सदीश प्रधान र काष्ठमण्डपकी संस्थापक निर्देशक एवं प्रिन्सिपल डा. शिवा थापाले संयुक्र रुपमा एक कार्यक्रमबीच उद्घाटन गरे । बास्केटबलको सिनियर ब्वाइजमा १६ तथा सिनियर गल्र्समा ८ टिम सहभागी छन् । फुटसलको सिनियर ब्वाइजमा ११, जुनियर ब्वाइजमा १२ र सिनियर गल्र्समा ८ टिमले भाग लिएका छन् ।

छुटाउनुभयो कि ?

error: कपि गर्नु राम्रो होइन ! कृपया आफ्नो भाषामा लेख्नु होला !

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।