२०८२ मंसिर २५ बिहीबार
२०८२ मंसिर २५ बिहीबार

भाषा तथा संस्कृतिको संरक्षणमा सरकार गम्भीर छ : मुख्यमन्त्री लामा

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले प्रदेशमा बोलिने भाषा तथा संस्कृतिको संरक्षणमा सरकार गम्भीर रहेको बताएको छ । प्रदेशमा बोलिने सबै भाषाहरूलाई सन्तुलित रूपमा विकास र सम्वद्र्धन गर्नुपर्ने उनले बताए ।

भाषा आयोगले हेटौंडामा आयोजना गरेको सरकारी कामकाजमा मातृभाषाः वार्षिक शिक्षाको नमुना विकास सम्बन्धी सहजीकरण कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री लामाले संघीयताको आलोचना भइरहेको बखतमा नागरिकको अपनत्व हुनेगरी प्रदेश सरकारले सरकारी कामकाजी भाषा सम्बन्धी ऐन जारी गरेको बताए ।

सरकारले संविधानको व्यवस्था अनुसार सबै नागरिकको भाषा सम्बन्धी अधिकारलाई सुनिश्चित गरेको उनको भनाई छ । संविधानको व्यवस्था अनुसार बहुसंख्यक नागरिकले बोल्ने भाषालाई सरकारी कामकाजमा प्रयोग गर्ने अधिकारलाई कार्यान्वयन गरेको उनले बताए ।

‘प्रदेश सरकारले बहुसंख्यक नागरिकले बोल्ने २ भाषालाई सरकारी कामकाजमा लागु गरेको छ । क्रमशः त्यसलाई सुधार गर्दै कार्यान्वयनमा अघि बढ्नुपर्छ । प्रदेश सरकारले भाषा ऐन कार्यान्वयनका लागि पहिलो चरणमा प्रदेशसभामा २ वटा दरबन्दी सृजना गरी अनुवादक नियुक्त गर्ने र भाषा अनुवाद यन्त्र खरिद तथा एप्लीकेशन निर्माणको तयारीमा रहेको छ,’ उनले भने ।

छुटाउनुभयो कि ?

error: कपि गर्नु राम्रो होइन ! कृपया आफ्नो भाषामा लेख्नु होला !

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।