२०८२ माघ ९ शुक्रबार
२०८२ माघ ९ शुक्रबार

उपसभापति धनराज गुरुङमाथि गहिरो छानबिन हुनुपर्छ : महामन्त्री शर्मा

हेटौंडा । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले संविधानमा नै ५ वर्षसम्म सरकार चलाउन पाउने व्यवस्था गर्नुपर्ने बताएका छन् । नेपालमा राष्ट्रपति एक पटक र प्रधानमन्त्री २ पटक मात्र बन्न पाउने व्यवस्थाका लागि छलफल चलाइरहेको उनले बताएका हुन् ।

आइतबार कांग्रेसको केन्द्रीय–स्थानीय समन्वय विभागले हेटौंडामा आयोजना गरेको अन्तर संवाद कार्यक्रममा बोल्दै महामन्त्री शर्माले २०८४ पछि प्रधानमन्त्री बन्ने मानिस मुलुकले चिनिसकेको बताए ।

देशमा सरकार बनाउने र ढलाउने खेल चलिरहेको र सोही अनुसारको भाष्य निर्माण गर्ने प्रयत्न भइरहेको भन्दै उनले चिन्ता व्यक्त गरे । उनले पार्टी र सरकारको नेतृत्वमा पुस्तान्तरण आवश्यक रहेको औँल्याए । उनले पार्टी सभापति शेरबहादुर देउवाले मुलुक र पार्टीका लागि धेरै योगदान पुर्‍याइसकेकोले अब त्याग गर्ने बेला आएको बताए ।

महामन्त्री शर्माले सहकारीको रकम अपचलनको आरोप लागेका कांग्रेस उपसभापति धनराज गुरुङमाथि गहिरो छानबिन हुनुपर्ने माग गरे । आरोप लागेपछि स्वयम् उपसभापति गुरुङले समेत संसदमा नै आफूमाथि छानबिनका लागि आग्रह गरेको उनले बताए ।

छुटाउनुभयो कि ?

error: कपि गर्नु राम्रो होइन ! कृपया आफ्नो भाषामा लेख्नु होला !

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।