२०८२ श्रावण १ बिहीबार
२०८२ श्रावण १ बिहीबार

फिल्म ‘छक्का पञ्जा ४’ शनिबार निःशुल्क देखाइने

काठमाडौँ । फिल्म ‘छक्का पञ्जा ४’ शनिबार निःशुल्क देखाइने भएको छ।

एनबी सेन्टरमा रहेको आईएनआई सिनेमाजमा शनिबार फिल्म निःशुल्क देखाउन लागिएको हो।

काठमाडौंको नयाँ वानेश्वरस्थित एनबी सेन्टरमा रहेको आईएनआई सिनेमाज दीपकराज गिरी, दीपाश्री निरौला लगायतले सञ्चालन गरेका छन्।

दीपकराज गिरीले सामाजिक सञ्जालमा लेख्दै शनिबार बिहान ११ बजे, दिउँसो २ः३० र बेलुका ५ः३० बजे तय गरिएको शोको टिकटका लागि काउन्टरमा सम्पर्क गर्न आग्रह गरेका छन्।

फिल्म ‘छक्का पञ्जा ४’ गत वर्ष प्रदर्शनमा आएको थियो। हेमराज बिसीको निर्देशन रहेको फिल्ममा दीपकराज गिरी, दीपाश्री निरौला, बेनिशा हमाल, निर्मल शर्मा, केदार घिमिरे, बुद्धि तामाङ, राज आचार्य लगायतका कलाकारहरूको अभिनय छ।

छुटाउनुभयो कि ?

error: कपि गर्नु राम्रो होइन ! कृपया आफ्नो भाषामा लेख्नु होला !

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।