२०८२ जेष्ठ ९ शुक्रबार
२०८२ जेष्ठ ९ शुक्रबार

तीन खेलाडीलाई राखेपले गर्यो उपचार सहयोग

काठमाडौं । राष्ट्रिय खेलाडी कल्याणकारी कोषले तीन खेलाडीलाई स्वास्थ्य उपचारका लागि आर्थिक सहयोग प्रदान गरेको छ ।


नेपाललाई पहिलो अन्तर्राष्ट्रिय पदक दिलाएका पूर्व धावक जितबहादुर केसीलाई ७५ हजार, उसुकी पूर्व खेलाडी सर्मिला राईलाई १ लाख र १३ औं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्णधारी जुडोकी पुनम श्रेष्ठलाई ५० हजार रुपैयाँ सहयोग प्रदान गरियो ।

केसीको पित्त थैली तथा सर्मिलाको खुट्टाको शल्यक्रिया गरिएको थियो । लिगामेन्टको शल्यक्रिया गरेकी पुनमलाई थेरापीका लागि आर्थिक सहयोग प्रदान गरिएको कोषका सदस्य–सचिव समेत रहेका नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठले जनाएका छन् ।


राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव एवं कोषका अध्यक्ष टंकलाल घिसिङले खेलाडीलाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरे ।

https://www.khabarpetika.com/2024/09/12/7745/

छुटाउनुभयो कि ?

error: कपि गर्नु राम्रो होइन ! कृपया आफ्नो भाषामा लेख्नु होला !

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।