२०८२ जेष्ठ २ शुक्रबार
२०८२ जेष्ठ २ शुक्रबार

बागमती प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा दीपक लामा नियुक्त

हेटौंडा । बागमती प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा दीपक लामा नियुक्त भएका छन् । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले लामालाई सदस्य सचिवमा नियुक्त गरेको हो ।

सामाजिक विकास मन्त्री हरिप्रभा खड्गीको सिफारिसमा मन्त्रिपरिषद्को बैठकले लामालाई सदस्य सचिवमा नियुक्त गरेको हो । सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेका अनुसार लामाको नियुक्तिमा युवा तथा खेलकुद मन्त्रालयको समेत सहमति रहेको छ ।

कानुनी रूपमा सामाजिक विकास मन्त्रीको सिफारिसमा सदस्य सचिव नियुक्त गर्ने व्यवस्था रहेपनि प्रदेशमा युवा तथा खेलकुद मन्त्रालय कायम रहेकाले सो मन्त्रालयको जिम्मेवारीमा रहेका मीनकृष्ण महर्जनको सहमति लिएर लामालाई नियुक्त गरिएको उनले बताए । नुवाकोटका स्थानीय लामा उसु खेलाडी हुन् ।

मन्त्रिपरिषद् बैठकले प्रदेश खेलकुद विकास परिषद्को संशोधन प्रस्ताव समेत स्वीकृत गरेको छ । प्रदेशमा युवा तथा खेलकुद मन्त्रालय रहेपनि कानुनी रूपमा सामाजिक विकास मन्त्रालय लेखिएका र केही प्रावधानहरू संशोधन गर्नुपर्ने भएकाले मन्त्रिपरिषद् बैठकले उक्त प्रस्तावलाई स्वीकृति प्रदान गरेको हो ।

https://www.khabarpetika.com/2024/09/12/7730/

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।