काठमाडौँ । अनेरास्ववियु रत्नराज्य लक्ष्मी क्याम्पस(आरआर) कमिटिकाे आयाेजनामा ‘दोस्रो रास्ट्रव्यापी अखिल आरआर पुरुष भलिबल कप २०८१’ शूरु भएको छ ।

नेकपा एमालेका नेता तथा पुर्वमन्त्री समेत रहेका भानुभक्त ढकालको प्रमुख आतिथ्यमा उद्घाटन भएको भलिबल प्रतियोगीतामा अनेरास्ववियुको केन्द्रिय अध्यक्ष समिक बडाल लगायतको उपस्थिति रहेको थियो ।
उद्घाटनसँगै बुधबार तीन खेल सम्पन्न भएको अनेरास्ववियु आरआरको अध्यक्ष लोकेश खड्काले जानकारी दिए ।

उनका अनुसार ज्ञानोदय माध्यमिक विद्यालय र रोयल बझाङबीच भएको खेलमा लगातार सोझो तीन सिट ज्ञानोदयले जित हासिल गरे । त्यस्तै पाटन क्याम्पस र त्रिचन्द्र क्याम्पसबीच भएको खेलमा पनि लगातार सोझो तीन सिट त्रिचन्द्र क्याम्पसले जितेको थियो ।
यस्तै आजको अन्तिम खेल नेपाल कमर्स क्याम्पस र सरस्वती बहुमुखी क्याम्पसबीच भएके थियो । रोमान्चक मानिएको यस खेलमा नेपाल कमर्स क्याम्पसले लगातार 25-24,25-23 र 25-19 मा सरस्वती क्याम्पस माथी सिजलै जित निकालिएकाे थियाे । तस्वीर: नमस्ते सुर्खेत
बिहिबार हुने खेल तालिका :-
