२०८२ श्रावण १ बिहीबार
२०८२ श्रावण १ बिहीबार

हवाई आक्रमणमा ४० जनाको मृत्यु

काठमाडौं । हमासद्वारा सञ्चालित प्रशासनले गाजापट्टीमा इजरायलको पछिल्लो हवाई आक्रमणमा कम्तीमा ४० जनाको मृत्यु भएको जनाएको छ ।

हमासद्वारा सञ्चालित सिभिल डिफेन्स एडमिनिस्ट्रेसनले आक्रमण मानवीय सहायताका निम्ति तोकिएको क्षेत्रमा गरिएको र धेरै व्यक्ति घाइते समेत भएका जनाएको छ ।

इजरायली सेनाका अनुसार, खान युनिसमा हमास लडाकुहरूको सञ्चालन केन्द्रमा आक्रमण गरिएको थियो । यसमा नागरिकलाई जोगाउने उपाय अपनाइएको थियो ।

स्थानीय बासिन्दाका अनुसार, अल–मावासीमा विस्थापित मानिसको पालमा तीन आक्रमण गरिएको थियो । त्यहाँ ठूलो खाडल बनेको छ । अल–मवासी खान युनिसको पश्चिमस्थित मानिसको बसोबास भएको क्षेत्र हो ।

हमासको सिभिल डिफेन्स अपरेसन निर्देशकले बीबीसीलाई भने, “४० जनाको मृत्यु भएको छ र ६० जना घाइते भएका छन् भने धेरै मानिस भग्नावशेषमा फसेका छन् ।”

गत वर्ष अक्टोबरमा इजरायलले सैन्य अभियान सुरु गरेपछि हजारौँ विस्थापित प्यालेस्टाइनी आफ्नो ज्यान जोगाउन खान युनिसतिर भागेका थिए ।

अक्टोबर ७ मा हमासले इजरायलमा आक्रमण गरेको थियो । त्यति बेला १२ सयजनाको मृत्यु भएको थियो । २५१ जनालाई बन्धक बनाइएको थियो । त्यसपछि इजरायलले गाजामा सैन्य ‘अपरेसन’ थालेको थियो ।

हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार, इजरायली सैन्य अभियानमा हालसम्म ४० हजार ९०० भन्दा बढी मानिस मारिएका छन् । बीबीसीबाट

छुटाउनुभयो कि ?

error: कपि गर्नु राम्रो होइन ! कृपया आफ्नो भाषामा लेख्नु होला !

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।