२०८२ श्रावण १ बिहीबार
२०८२ श्रावण १ बिहीबार

काँग्रेस रामेछापको कार्यवाहक सभापतिको जिम्मेवारी लेख बहादुर कार्कीलाई र प्रवक्तामा कुमार श्रेष्ठ

काठमाडौं । नेपाली काँग्रेस रामेछापको कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापति लेख बहादुर कार्कीले पाएका छन् । नेपाल सरकारको उर्जा,जलस्रोत तथा सिँचाइ राज्यमन्त्री समेत रहेका जिल्ला पार्टी सभापति पूर्णबहादुर तामाङ (कान्छाराम) ले आज कार्यवाहक सभापतिको जिम्मेवारी कार्कीलाई दिएका हुन् ।

त्यस्तै पूर्व पार्टी कोषाध्यक्ष समेत रहेका जिल्ला कार्यसमिति सदस्य कुमार श्रेष्ठलाई पार्टी प्रवक्ताको जिम्मेवारी दिएका छन् ।

राज्य मन्त्री बनेपछि आफू जिल्लामा आएर पार्टीको काम गर्न नसक्ने बताउँदै पार्टीलाई बलियो र चलायमान बनाउनको लागि कार्यवाहक सभापतिको जिम्मेवारी दिएको सभापति तामाङले बताएका छन् ।

कान्छाराम १११ औँ बिपी जन्म जयन्तीको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्न रामेछाप पुगेका थिए । उनले आफ्नै निवास मन्थलीमा पार्टीका प्रमुख सल्लाहकार कृष्ण महत, जिल्ला समन्वय प्रमुख एवं जिल्ला कार्यसमिति सदस्य चिना खड्का, जिल्ला कार्यसमिति सदस्य दीपेन्द्र खड्का, नेता ध्रुव लामा, रामेछाप नगरपालिकाकी उपप्रमुख बालाकुमारी कार्की लगाायतको उपस्थितिमा कार्यवाहक सभापति र प्रवकताको जिम्मेवारी दिएका हुन् ।

छुटाउनुभयो कि ?

error: कपि गर्नु राम्रो होइन ! कृपया आफ्नो भाषामा लेख्नु होला !

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।