२०८२ असार ३१ मंगलवार
२०८२ असार ३१ मंगलवार

नेपाल पौडी संघले गर्याे पलेशा गोबर्धनलाई २५ हजार नगदसहित सम्मान

काठमाडौं । नेपाल पौडी संघले पेरिस पारालिम्पिक– २०२४ मा ऐतिहासिक कांस्य पदक जित्न सफल पलेशा गोबर्धनलाई २५ हजार नगदसहित सम्मान गरेको छ । आज एक कार्यक्रमको आयोजना गर्दै संघले गोबर्धनलाई नगद सहित सम्मान गरेको हो ।

त्यस्तै संघले प्रशिक्षक कविराज नेगीलाई पनि नगद १० हजार रुपैयाँ सहित सम्मान गरेको छ । पलेशा र प्रशिक्षक नेगी दुबैजनालाई पौडी संघकाे अध्यक्ष जगतमान श्रेष्ठले नगद सहित सम्मान गरेका हुन् ।

सम्मान कार्यक्रममा युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी लगायतको सहभागीता थियो ।

पलेशा पारालिम्पिकमा पदक जित्ने पहिलो नेपाली खेलाडी हुन् ।

पेरिसमा भएको पारालिम्पिक्समा के-४४ क्याटगोरी अन्तरगत महिला ५७ केजीमुनी प्रतिस्पर्धा गरेकी पलेशाले कास्य पदक जितेकी थिइन् । यो नै नेपाली खेलाडीहरुले ओलम्पिकमा जितेको पहिलो पदक हो ।

https://www.khabarpetika.com/2024/09/08/7608/

छुटाउनुभयो कि ?

error: कपि गर्नु राम्रो होइन ! कृपया आफ्नो भाषामा लेख्नु होला !

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।