२०८२ जेष्ठ २ शुक्रबार
२०८२ जेष्ठ २ शुक्रबार

निजामति सेवा सेवाग्राहीमैत्री हुनुपर्छ : मुख्यसचिव अर्याल

काठमाडौँ । नेपाल सरकारको मुख्यसचिव एकनारायण अर्यालले निजामति सेवा प्रविधिमैत्री, सिर्जनशील, सेवाग्राहीमैत्री र नतिजामुखी हुन जरुरी रहेको बताएका छन् । शनिवार काठमाडौँमा २१ औं निजामति सेवा दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले बदलिँदो विश्व परिवेशसँगै नेपालको शासन व्यवस्थामा सिर्जित नयाँ आयामलाई सम्बोधन गर्न निजामति सेवा प्रविधिमैत्री सिर्जनशील, सेवाग्राहीमैत्री र नतिजामुखी हुन जरुरी रहेको बताए ।

उनले सार्वजनिक प्रशासनलाई स्वच्छ, सक्षम, निष्पक्ष, पारदर्शी, भ्रष्टाचारमुक्त, जनउत्तरदायी र सहभागितामुलक बनाउँदै राज्यबाट प्राप्त हुने सेवा सुविधामा जनताको समान र सहज पहुँच सुनिश्चित गरी सुशासनको प्रत्याभुति गर्ने कार्यमा निजामति सेवाको प्रमुख भूमिका रहेको बताए । उनले आफ्नो कर्तव्य र जिम्मेवारीमा उच्च मनोबलका साथ सकारात्मक सोच राखि जनताको सेवामा लाग्न कर्मचारीहरुलाई निर्देशन दिए ।

उनले भने, ‘निजामति प्रशासनको विगतमा कायम भएको गरिमालाई जोगाउन आज हाम्रा सामु विभिन्न चुनौतीहरु खडा भएका छन् । बदलिँदो विश्व परिवेशसँगै नेपालको शासन व्यवस्थामा सिर्जित नयाँ आयामलाई सम्बोधन गर्न निजामति सेवा प्रविधिमैत्री सिर्जनशिल, सेवाग्राहीमैत्री र नतिजामुखी हुन जरुरी छ ।’

https://www.khabarpetika.com/2024/09/07/7569/

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।