काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का नेता एवम् पुर्वमन्त्री सुदन किरातीले भ्रष्टाचारीलाई जोगाउने उद्देश्यले बनेको वर्तमान सरकार आफै ढल्ने बताएका छन् ।
आज अखिल क्रान्तिकारी भोजपुरको १४ औँ जिल्ला सम्मेलन उद्घाटन सत्रलाई सम्बोधन गर्दै किरातीले केपी ओली सरकार साझा नीति कार्यक्रम ल्याउन नसकेर कुहिरोको काग जस्तै बनेको आरोप लगाए । ‘अव यो सरकार दसैँ–तिहार मनाउँछ अनि आफै ढल्छ कसैले ढाल्नु पर्दैन,’ उनले भने ।
माओवादी केन्द्रको अबको बाटो एकताबद्ध, रूपान्तरण, संविधानको कार्यान्वयन र भ्रष्टाचार विरोधी सशक्त आन्दोलन तर्फ केन्द्रित हुने उनको भनाइ छ ।
https://www.khabarpetika.com/2024/09/06/7522/