२०८२ जेष्ठ २ शुक्रबार
२०८२ जेष्ठ २ शुक्रबार

अग्रवाल युवा मञ्चको खेल महोत्सव शुक्रबार देखि

काठमाडौँ । अग्रवाल युवा मञ्चको आयोजनामा खेल महोत्सव शुक्रबारदेखि हुने भएको छ । मारवाडी समुदयकाले मात्र सहभागिता जनाउन पाउने महोत्सवमा विभिन्न ५ खेलमा प्रतिस्पर्धा हुनेछ ।


महोत्सवमा क्रिकेट, फुटसल, टेबलटेनिस, ब्याडमिन्टन र पौडीमा प्रतिस्पर्धा हुने मञ्चका अध्यक्ष प्रवीण गर्गले बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । करिब ३ सय खेलाडीको सहभागिता रहने महासचिव विनय अग्रवालले जनाएका छन् ।


प्रायोजकमा ग्लोबल रिच एडुकेसन, शिव शक्ति ग्रुप, बीएलसी इन्रिचिङ लाइफ, मोहन खेतान फाउन्डेसन, केमिकल हाउस प्रा.लि. र राधाकृष्ण ज्वेलर्स रहेका छन् । दुईदिने महोत्सवका खेलहरु धन्यन्तरी स्पोर्ट्स हबमा खेलाइने छ । पत्रकार सम्मेलनमा सांसद् चन्द्र भण्डारीले ट्रफीका साथै जर्सी सार्वजनिक गरेका थिए ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।