२०८२ असार २ सोमबार
२०८२ असार २ सोमबार

बागमती प्रदेशमा सरकारले संविधान दिवसको अवसरमा विभिन्न कार्यक्रम गर्ने

हेटौंडा । बागमती प्रदेशमा सरकारले संविधान दिवसको अवसरमा विभिन्न कार्यक्रम गर्ने भएको छ । प्रदेश सरकारले ३ दिनसम्म विभिन्न कार्यक्रम गरी दिवस मनाउने निर्णय गरेको छ ।

मंगलबार मुख्यमन्त्री बहादुर सिंह लामाको अध्यक्षमा बसेको बैठकले दिवस मनाउन ४३ सदस्यीय मूल समारोह समिति गठन गरेको छ । मुख्यमन्त्री लामाको संयोजकत्वमा रहेको उक्त समिति मार्फत दिवसको अवसरमा विभिन्न गतिविधि तथा कार्यक्रम सञ्चालन गरिने प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव पूर्णबहादुर दर्जीले जानकारी दिए ।

उनका अनुसार समितिमा संघ तथा प्रदेशका सरकारी निकाय, स्थानीय तह, सुरक्षा निकाय, विभिन्न संघ संस्थाहरू रहेका छन् । सो समितिका सदस्यहरूको संयोजनमा विभिन्न कायक्रमहरु सञ्चालन हुने उनले बताए ।

दिवसको अवसरमा असोज १ गते सामाजिक विकास मन्त्रालयले ‘संविधान कार्यान्वयनका नौ वर्ष उपलब्धि र चुनौती’ विषयक प्रदेश राजधानी रहेको जिल्लाका क्याम्पस स्तरीय निबन्ध प्रतियोगिता आयोजना गरिने छ भने वन तथा वातावरण मन्त्रालयले उपयुक्त स्थानमा वृक्षारोपण, युवा तथा खेलकुद मन्त्रालय मार्फत राष्ट्रसेवक र नागरिकको सहभागिता हुनेगरी खेलकुद कार्यक्रम आयोजना गर्ने निर्णय गरिएको छ ।

त्यस्तै दिवसको अवसरमा २०८० को एसईई परीक्षामा सामुदायिक विद्यालयबाट प्रदेशस्तरमा सर्वोत्कृष्ट जिपिए प्राप्त गर्ने एक जना छात्रा र एक जना छात्रलाई नगद पुरस्कार वितरण गर्ने, स्वास्थ्य मन्त्रालय मार्फत स्वास्थ्य शिविर सञ्चालन, अपांगता भएका व्यक्तिहरूलाई कृत्रिम अंग प्रदान र रक्तदान कार्यक्रम, सरसफाइ र असोज ३ गते विशेष समारोहसहित दिवस मनाउने निर्णय गरिएको छ ।

दिवसको अवसरमा सरकारी कार्यालय परिसर, प्रदेश राजधानीको बुद्ध चोक र बसपार्कमा तथा सार्वजनिक सवारी साधनहरूमा राष्ट्रिय झण्डा फहराउने, दीप प्रज्ज्वलन, गर्ने निर्णय गरिएको छ ।

छुटाउनुभयो कि ?

error: कपि गर्नु राम्रो होइन ! कृपया आफ्नो भाषामा लेख्नु होला !

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।