२०८२ कार्तिक २५ मंगलवार
२०८२ कार्तिक २५ मंगलवार

‘गण्डकी प्रदेशमा मन्त्रीको पद नै बिक्री गर्न लागियो भन्ने चर्चा छ, यो के हो ?’

काठमाडौं । नेपाली काँग्रेसका सांसद रामहरी खतिवडाले सरकारका मन्त्रीहरुलाई जिब्रोमा ब्रेक लगाएर बोल्न आग्रह गरेका छन् ।

मङ्गलवार प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद खतिवडाले सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले केही दिनअघि नेपाल प्रहरीको महानिरीक्षकको जिब्रो थुत्नुपर्दछ भन्ने अभिव्यक्ति दिएको भन्दै आपत्ति जनाएका हुन् ।

उनले भने– ‘गण्डकी प्रदेशमा मन्त्रीको पद नै बिक्री गर्न लागियो भन्ने चर्चा छ । यो के हो ? यो बारे कसले जवाफ दिनुपर्ने हो, यसको जवाफ हामी खोज्न चाहन्छौँ । मन्त्रीको पद पैसामा बिक्री गर्न शुरुवात गरेको हो कि होइन ? यस्ता अभिव्यक्ति किन आउँछन् योबारे सरकारले जानकारी देओस् । दोस्रो, म सत्तारुढ पक्षकै सांसद हुँ । तर सूचना तथा सञ्चारमन्त्रीले केही दिन पहिला नेपाल प्रहरीका आइजिपीका जिब्रो थुत्नुपर्दछ भनेर अभिव्यक्ति दिनुभएछ । यो अभिव्यक्ति आपत्तिजनक छ । मन्त्रीहरुलाई आग्रह गर्न चाहन्छु, जिब्रोमा ब्रेक लगाइयोस् । अन्त कहाँ–कहाँ लगाउनुपर्ने हो ब्रेक लाग्दै गर्ला । तर मन्त्रीहरुले चाहीँ जिब्रोमा ब्रेक लगाएर बोल्ने गरियोस् । सभामुखसँग अनुरोध गर्न चाहन्छु यसको जवाफ संसदमा दिइयोस् ।’

https://www.khabarpetika.com/2024/09/03/7424/

छुटाउनुभयो कि ?

error: कपि गर्नु राम्रो होइन ! कृपया आफ्नो भाषामा लेख्नु होला !

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।