२०८२ असार २८ शनिबार
२०८२ असार २८ शनिबार

भीम १९ औं स्थानमा

काठमाडौं । नेपाली पौडी खेलाडी भीमबहादुर कुमालले पेरिस पारालिम्पिक– २०२४ को एस– ९ क्याटगोरीको पुरुष ५० मिटर फ्रिस्टायलमा सोमबार १९ औं स्थान हासिल गरेका छन् । उनको स्पर्धामा १९ खेलाडी सहभागी थिए ।


पेरिस ला डिफेन्स एरिनामा हिट नम्बर १ मा प्रतिस्पर्धा गरेका भीमले निर्धारित दूरी ३५.०८ सेकेन्डमा पूरा गरेको नेपाली टोलीका सेफ दि मिसन समेत रहेका राष्ट्रिय पारा पौडी संघ, नेपालका अध्यक्ष सरोज श्रेष्ठले जनाएका छन् । ५० मिटरमा भीमको व्यक्तिगत उत्कृष्ट समय ३५.८४ सेकेन्ड हो । यो समय उनले चीनको हाङझावमा भएको १९ औं एसियाली खेलकुदमा कायम गरेका थिए ।


भीमको प्रतिस्पर्धा संगै पेरिस पारालिम्पिकमा नेपालको प्रतिस्पर्धा सकिएको छ । पेरिस पारालिम्पिकमा नेपालबाट २ खेलमा ३ खेलाडी सहभागी थिए । तेक्वान्दोकी पलेशा गोवर्धनले के– ४४ महिला ५७ केजीमुनि ऐतिहासिक कांस्य जितिन् । तेक्वान्दोकै अर्का खेलाडी भरतसिंह महता के– ४४ क्याटगोरी पुरुष ५८ केजीमुनि पहिलो चरणबाटै बाहिरिए । तेक्वान्दो टोली बुधबार स्वदेश फर्किदै छ ।

https://www.khabarpetika.com/2024/09/02/7405/

छुटाउनुभयो कि ?

error: कपि गर्नु राम्रो होइन ! कृपया आफ्नो भाषामा लेख्नु होला !

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।