२०८२ असार २८ शनिबार
२०८२ असार २८ शनिबार

बागमती प्रदेश सरकारलाई अर्को धक्का, हाम्रो नेपाली पार्टीले लियो समर्थन फिर्ता

मकवानपुर । बागमती प्रदेश सरकारलाई दिएको समर्थन हाम्रो नेपाली पार्टीले फिर्ता लिएको छ । प्रदेश प्रमुखलाई पत्र लेख्दै सो दलले सरकारलाई दिएको समर्थन फिर्ता लिएको पार्टीको बागमती प्रदेश संसदीय दलका नेता शैलेन्द्रमान बज्राचार्यले जानकारी दिए ।

आफूहरूले प्रतिपक्षको भूमिकामा रहने गरी चैत ९ गतेदेखि सरकारको समर्थन फिर्ता लिएको उनले बताए।

२०७९ पौष २५ गते हाम्रो नेपाली पार्टी सहितको समर्थनमा नेकपा माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलका नेता शालिकराम जम्कट्टेल नेतृत्वको वर्तमान सरकारलाई समर्थन दिएको थियो ।

केन्द्रमा सत्ता समिकरण फेरिएसँगै बागमती प्रदेशमा पनि सरकार पुनस्गठन हुने प्रक्रियामा रहेको छ । काङ्ग्रेसका छ जना मन्त्रीहरुले यसअघि नै राजिनामा दिइसकेका छन् भने एमाले सरकारमा आउने तयारीमा रहेका छन् ।

छुटाउनुभयो कि ?

error: कपि गर्नु राम्रो होइन ! कृपया आफ्नो भाषामा लेख्नु होला !

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।