२०८२ मंसिर २५ बिहीबार
२०८२ मंसिर २५ बिहीबार

डेडिकेटेड र ट्रंकलाइन बक्यौताबारे निर्णयमा पुग्न लेखा समितिले बैठक बोलायो

काठमाडौं । डेडिकेटेड र ट्रंकलाइन बक्यौता विवादबारे निर्णयमा पुग्न प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिको बैठक आह्वान भएको छ ।

समिति सचिवालयका अनुसार आगामी आइतबार दिउँसो एक बजे बैठक बोलाइएको छ । उक्त बैठकबाट निर्णय लिन यसअघि समिति सभापति ऋषिकेश पोखरेलसहित समितिका सदस्यहरूले अनौपचारिक छलफल गरेका छन् ।

छलफलका आधारमा ‘विद्युत प्रशारणसँग सम्बन्धित विद्युतको पूर्वाधार लगायतका विषयमा उठेका प्रश्नहरुबारे अनुसन्धान गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई लेखी पठाउने र यो विषयमा जिम्मेवार अधिकारीलाई स्पष्टीकरण सोध्न सरकारलाई निर्देशन दिने’ तय भएको छ ।

‘विद्युत महसुल उठाउन बाँकी उद्योगहरुसँग प्रमाणका आधारमा अगाडि बढ्न समेत सरकारलाई सुझाव दिने’ समितिको तयारी छ । प्रारम्भिक विषयहरु तय गरिएको भएता पनि समितिको बैठक बसेरै ठोस निर्णय पुगिने समिति सदस्यहरुले बताएका छन् ।

यसअघि समितिले नेपाल विद्युत प्राधिकरणका पदाधिकारीहरु र उद्योगीहरुसँग समेत छलफल गरेको थियो । छलफलपछि गत साउन १८ गते सार्वजनिक लेखा समितिले विद्युत प्राधिकरणसँग डेडिकेटेड फिडर र ट्रंकलाइनबाट उद्योगहरुमा आपूर्ति गरेको बिजुलीको टीओडी मिटरको डाटा माग गरेको थियो ।

छुटाउनुभयो कि ?

error: कपि गर्नु राम्रो होइन ! कृपया आफ्नो भाषामा लेख्नु होला !

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।