२०८२ मंसिर २३ मंगलवार
२०८२ मंसिर २३ मंगलवार

ह्यूगो र कोरिनलाई एन्डुरो रत्नाङ्गेको उपाधि

शोलुखुम्बु । फ्रान्सेली ह्यूगो पिजन र क्यानडाकी कोरिन प्रिवोटले रत्नाङ्गे इन्डुरोको दोस्रो सिजनको उपाधि हात पारेका छन् । सोलुखुम्बुका फाप्लूमा भएको दोस्रो सिजनको माउन्टेन बाईक प्रतियोगितामा पुरुषमा फ्रान्सका ह्यूगो पहिलो बने । साविक विजेता नेपालका राजेश मगर दोस्रो र फ्रान्सका रेमी एब्सलान तेस्रो बनेका छन् ।

महिलातर्फको स्पर्धामा कोरिन पहिलो बन्दा उषा खनाल दोस्रो र लक्ष्मी मगरले तेस्रो स्थान हासिल गरेकी छिन् । संसारको सर्वोच्च शिखर सगरमाथालाई पृष्ठभुमीमा राखेर एन्डुरो रत्नाङ्गेको दोस्रो सिजन फाप्लूमा सम्पन्न भएको छ । प्रतियोगितामा विश्व स्तरका बाईक राईडर सहित ४९ साहसीक खेलाडीले सहभागीता जनाएका थिए । एन्डुरो रत्नाङ्गेलाई सबैभन्दा उच्च पर्वतमा हुने खेल स्पर्धाको रुपमा विकास गरिएको छ ।

दोस्रो संस्करणको प्रतियोगितामा फ्रान्सका तीन प्रतिष्ठित खेलाडीको रुपमा रेमी एब्सलान, ह्यूगो पिजन र एमेरिक इन्जर सहभागी थिए । कठिन रुटमा आफ्नो खेल कौशल प्रर्दशन गर्ने खेलाडीको रुपमा प्रसिद्ध राइडरले प्रतियोगितामा नयाँ आयाम थपेका थिए । रत्नाङ्गे ट्रेल सेन्टरमा आयोजित प्रतियोगिताबाट दर्शकलाई रोमाञ्चक खेल अवलोकनमात्र नभएर स्थानीय समुदायमा महत्वपुर्ण आर्थिक सम्भावनालाई प्रस्फुटन गर्ने आयोजक फाप्लू माउन्टेन बाईक क्लबले जनाएको छ ।

छुटाउनुभयो कि ?

error: कपि गर्नु राम्रो होइन ! कृपया आफ्नो भाषामा लेख्नु होला !

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।