२०८२ मंसिर २५ बिहीबार
२०८२ मंसिर २५ बिहीबार

ललितपुरमा ११ बजे राति ग्याङ फाइट : २ जना मृत्यु

ललितपुर महानगरपालिका- २६ ढोलाहिटीमा गएराति ग्याङ फाइट हुँदा दुई जनाको मृत्यु भएको छ। आइतबार राति अन्दाजी ११ बजे ढालाहिटीस्थित सडकमै ग्याङ फाइट हुँदा दुई युवकको मृत्यु भएको प्रहरी परिसर ललितपुरका एसपी नरेशराज सुवेदीले जानकारी दिए।

‘घटनामा करिब २८ वर्षाीय रोवश राई र करिव २९ वर्षीय पुजन राईको मृत्यु भएको हो,’ एसपी सुवेदीले भने, ‘घटनामा संलग्न भएको आशंकामा हामीले १८ जनालाई नियन्त्रणमा लिएका छौँ।’

मृतक युवाको छात्ती र तिघ्रामा छुरा प्रहार गरेको गहिरो घाउ छ। रोवशको पाटन अस्पताल र पुजनको सुमेरु अस्पतालमा मृत्यु भएको एसपी सुवेदीले जानकारी दिए।

मृतक दुई युवा र पक्राउ परेका १८ जना होली खेलेको हुलियामा छन्। उनीहरुबीच होली खेल्नै क्रममा कुनै विवाद भएर ग्याङ फाइट भएको आशंका प्रहरीले गरेको छ।

छुटाउनुभयो कि ?

error: कपि गर्नु राम्रो होइन ! कृपया आफ्नो भाषामा लेख्नु होला !

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।