२०८२ जेष्ठ ३ शनिबार
२०८२ जेष्ठ ३ शनिबार

होली खेल्ने क्रममा सुनकोशीमा डुबेर तीन बालबालिका बेपत्ता

उदयपुर । उदयपुरमा होली खेल्ने क्रममा सुनकोशी नदीमा डुबेर तीन बालबालिका बेपत्ता भएका छन्। आइतबार दिउँसो साढे २ बजे होली खेल्ने कोशी पुगेका त्रियुगा नगरपालिका-१४ साउने बजारका १२ वर्षीय रेखा मगर, ९ वर्षीय रिदम मगर र १२ वर्षीय लोकबहादुर मगर बेपत्ता भएका हुन्।

जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरीक्षक (डीएसपी) हरिनन्दन चौधरीका अनुसार बालबालिकाहरूको समूह होली खेल्दै धाप्लाङघाट पुगेर कोशीमा पौडी खेलेका थिए। ८ जनाको समूहमा रहेका उनीहरूमध्ये तीन जना बेपत्ता र पाँच जनाको स्थानीयले उद्धार गरेको उनले बताए। बेपत्ताको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।