२०८२ मंसिर २३ मंगलवार
२०८२ मंसिर २३ मंगलवार

प्रहरीको सिआइडि हुँ भनी सर्वसाधरणलाई दुखहैरानी दिने दुई जना पक्राउ

काठमाडौं : प्रहरीको सिआइडि हुँ भनी सर्वसाधरणलाई दुखहैरानी दिएको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पोखरा महानगरपालिका-१७ छोरेपाटन बस्ने ३२ वर्षीय सन्दिप श्रेष्ठ र सोही महानगरपालिका-७ माछापुच्छ्रे टोल बस्ने २६ वर्षीय सरोज थापा रहेका छन् ।

उनीहरूले आइतबार दिउँसो पोखरा महानगरपालिका-२ बाग्लुङ बसपार्कस्थित सार्वजनिक स्थानमा सादा पोशाकका प्रहरी हौं भनि सर्वसाधारण नागरिकहरुलाई दुख हैरानी दिई शरीरको तलासी लिई चेकजाँच समेत गर्ने, पैसा असुल गर्ने तथा कानूनी दायरामा ल्याउने भनि डर त्रास देखाई अभद्र व्यवहार गरेको भन्ने सूचना प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय बगर कास्कीबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । 

उनीहरू उपर जिल्ला प्रशासन कार्यालय कास्कीबाट अभद्र व्यवहार मुद्दामा १० दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

छुटाउनुभयो कि ?

error: कपि गर्नु राम्रो होइन ! कृपया आफ्नो भाषामा लेख्नु होला !

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।