२०८२ मंसिर २३ मंगलवार
२०८२ मंसिर २३ मंगलवार

कर्णालीका मुख्यमन्त्री कँडेल भोलि सोमबार विश्वासका मत लिदै

दैलेख । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले साउन २१ गते सोमबार विश्वासको मत लिने भएका छन् । कँडेलले विश्वासको मत लिनको लागि शनिवार प्रदेशसभा सचिवालयमा पत्र दर्ता गराईसकेको सचिवालयले जनाएको छ ।

संविधानको धारा १८८ को उपधारा (२) बमोजिम कँडेलले विश्वासको मत लिने छन् । विश्वासको मत लिन लागेको उनको यो दोस्रो पटक हो । गत वैशाख १३ गते पहिलो पटक विश्वासको मत पाएका थिए ।

केन्द्रमा सत्ता समीकरण बदलिए सँगै कर्णाली प्रदेशमा नेकपा माओवादी केन्द्रले समर्थन फिर्ता लिएको कारणले उनले दोस्रो पटक विश्वासको मत लिनु परेको हो । कँडेलले अब नेपाली कांग्रेसको समर्थनमा सरकार पुनर्गठन गर्ने तयारी गरेका छन् । शुक्रबार कांग्रेसकातर्फबाट चार जना मन्त्रीको नाम सिफारिस भएपनि कँडेलले शपथ गराएका छैनन । आइतबार चार जना मन्त्रीको सपथ ग्रहणपछि सोमबार विश्वासको मत लिने तयारी कँडेलको छ ।

कर्णाली प्रदेश सभामा नेपाली कांग्रेसका १४, नेकपा माओवादी केन्द्रका १३, नेकपा एमालेका १० जना सांसद छन् । कांग्रेसका एक सांसद निलम्बनमा परेका छन् । यसैगरी राप्रपा, एकीकृत समाजवादीका एक–एक र स्वतन्त्र एक सांसद छन् ।

छुटाउनुभयो कि ?

error: कपि गर्नु राम्रो होइन ! कृपया आफ्नो भाषामा लेख्नु होला !

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।