२०८२ जेष्ठ ९ शुक्रबार
२०८२ जेष्ठ ९ शुक्रबार

नेप्से परिसूचक ५ दशमलव २९ अंकले घट्यो, कारोबार भने २१ अर्ब बढी

काठमाडौं । सेयर बजारमा सामान्य गिरावट आएको छ । निकै उतार चढाबकाबिच बजारमा सामान्य गिरावट आएको छ । बिहीबार इन्ट्रा डे कारोबारमा २८०५.३५ बिन्दु पुगेको बजार घटेर २८ सय बिन्दु भन्दा तल झरेको छ । बजार ५.२९ अंकले घटेर परिसूचक २७५५.६२ बिन्दु कायम भएको छ ।

३३२ कम्पनीको ५ करोड १३ लाख २१ हजार ६२९ कित्ता सेयर २१ अर्ब ७१ करोड ३४ लाख ३१ हजार ७ रुपैयाँको सेयर किनबेच भएको छ । ७४ कम्पनीको सेयर मूल्य बढेको छ भने १६४ कम्पनीको घटेको छ ।

कारोबारमा अधिकांश समूहको उपसूचक घटेको छ । बैंकिङ २२.०८, विकास बैंक ४३.२८, जलविद्युत ६४.१८, उत्पादन तथा प्रशोधन ८३.४६, माइक्रोफाइनान्स ४४.९६, ट्रेडिङ समूहको १३३.९३, अन्य समूहको उपसूचक ४.६७ अंकले घटेको छ ।

कारोबारमा वित्त ६२.११, होटल २६.०२, जीवन बिमा ४७४.७२, निर्जीबन बिमा समूहको उपसूचक २३१.५० अंकले बढेको छ । कारोबारमा ५ कम्पनीको सेयर मूल्यका सकारात्मक सर्किट लागेको छ ।

छुटाउनुभयो कि ?

error: कपि गर्नु राम्रो होइन ! कृपया आफ्नो भाषामा लेख्नु होला !

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।