२०८२ कार्तिक २७ बिहीबार
२०८२ कार्तिक २७ बिहीबार

नेताको हत्याको बदला लिन हमासले गरे यस्तो तयारी

गाजा । हमासले आफ्ना नेता इस्माइल हानियाको हत्याको बदला लिने बताएको छ । उक्त समूहका नेता मौउसा अबु मार्जोकले इजरायलबाट इरानमा गरिएको सो हत्या कायरतापूर्ण भएको र त्यसबापत सजाय दिइने हमास नियन्त्रित अल अक्सा टेलिभिजनले जनाएको छ ।

हमासले गएको अक्टोबर ७ मा इजरायलमा आक्रमण गर्दा एक हजार २०० मानिस मारिएका थिए । त्यसको बदलामा इजरायलले गाजा क्षेत्रमा जारी राखेको आक्रमणका क्रममा अहिलेसम्म करिब ३९ हजार मानिसको मृत्यु भएको जनाइएको छ ।

गएको अप्रिलमा इजरायलले गरेको आक्रमणका क्रममा इस्माइल हानियाका तीन छोरा र चार नातिनातिना पनि मारिएका थिए ।

इस्माइल गएको मंगलबार इरानका नयाँ राष्ट्रपति मसुद पेजेस्कियनको पदभार ग्रहण समारोहमा पछिल्लो पटक सार्वजनिक रुपमा देखिएका थिए । उनले उक्त अवसरमा इरानका सर्वोच्च नेता आयोतोल्लाह अली खमेनेइलाई समेत भेटेका थिए । बीबीसी
 

https://www.khabarpetika.com/2024/07/31/6240/

छुटाउनुभयो कि ?

error: कपि गर्नु राम्रो होइन ! कृपया आफ्नो भाषामा लेख्नु होला !

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।