२०८२ मंसिर २६ शुक्रबार
२०८२ मंसिर २६ शुक्रबार

बागमतीका मुख्यमन्त्री लामाले पाए विश्वासको मत

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिं लामाले प्रदेशसभामा विश्वासको मत पाएका छन् । मंगलबार बसेको बागमती प्रदेशसभा बैठकमा उनले राखेको विश्वासको मतको प्रस्ताव बहुमतले पारित भएको हो ।

मतसम्बन्धी प्रस्तावमा भएको मत विभाजनका क्रममा मुख्यमन्त्री लामालाई ६४ मत प्राप्त भएको थियो । उनको विपक्षीमा ३५ मत खसेको थियो । यस्तै तीन सांसद तटस्थ बसेका थिए ।

बागमती प्रदेशसभाका सभामुख भुवन पाठकले मुख्यमन्त्री लामाको पक्षमा आएको मत प्रदेशसभाको बहुमत भएको भन्दै घोषणा गरेका थिए । उनी गत साउन ८ गते एमाले र कांग्रेसको गठबन्धनबाट प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका हुन् ।

छुटाउनुभयो कि ?

error: कपि गर्नु राम्रो होइन ! कृपया आफ्नो भाषामा लेख्नु होला !

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।