२०८२ कार्तिक २७ बिहीबार
२०८२ कार्तिक २७ बिहीबार

जापानको बेरोजगारी दरमा सुधार


टोकियो । जापानको बेरोजगारी दर पछिल्लो महिनाको २.६ प्रतिशतबाट सामान्य सुधार भई जुन महिनामा २.५ प्रतिशतमा झरेको सरकारी तथ्याङ्कले मङ्गलबार जनाएको छ ।

एक वर्ष अघिको तुलनामा तीन लाख ७० हजारले वृद्धि भएर जुन महिनामा रोजगार व्यक्तिहरूको सङ्ख्या ६८.२२ मिलियन पुगेको जापानको आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले बताएको छ ।

मानिसहरूले स्वेच्छाले जागिर छाडी नयाँ काम खोजेका कारण बेरोजगार व्यक्तिहरूको सङ्ख्या जून महिनामा ३.३ प्रतिशतले घटेर मौसमी वेरोजगारीमा समायोजित हुदाँ १.७६ मिलियनमा पुगेको हो ।

स्वास्थ्य, श्रम र कल्याण मन्त्रालयका अनुसार मे महिनामा १.२४ रहेको जापानको रोजगार–आवेदक अनुपात जूनमा घटेर १.२३ पुगेर लगातार तेस्रो महिनासम्म भएको यो गिरावटले प्रत्येक सय जना रोजगारी खोज्नेहरूको लागि १ सय २३ रोजगारी उपलब्ध भएको सङ्केत गरेको छ ।

छुटाउनुभयो कि ?

error: कपि गर्नु राम्रो होइन ! कृपया आफ्नो भाषामा लेख्नु होला !

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।