२०८२ कार्तिक २७ बिहीबार
२०८२ कार्तिक २७ बिहीबार

काठमाडौंको चुनदेवीबाट १० लाख नगदसहित ९ जुवाडे पक्राउ

काठमाडौँ । काठमाडौं महानगरपालिकाको वडा नम्बर ४ स्थित चुनदेवीबाट जुवा खेलिरहेको र खेलाएको आरोपमा ९ जना पक्राउ परेका छन् ।

यमकुमारी आलेको घरमा ओखर (जुवा) खेलेको र खेलाएको आरोपमा उनीहरूलाई काठमाडौं प्रहरी परिसरको टोलीले नियन्त्रणमा लिएको हो ।

घटनास्थलबाट १० लाख ११ हजार रुपैयाँ नगद र १३ ओटा ओखर बरामद गरिएको प्रहरीले जनाएको छ ।

यीहुन् पक्राउ परेका व्यक्तिहरू ;
१.सिन्धुपाल्चोक घर भई हाल काठमाडौं-०६ जोरपाटी बस्ने ४६ वर्षीय अशोक लामा ।
२. ताप्लेजुङ घर भई हाल टोखा-०५ बस्ने ३८ वर्षीय नारायण लाबुङ ।
३. काठमाडौंको बूढानीलकण्ठ- ०५ देउला टोल घर भएका २१ वर्षीय कविर देउला ।
४. काठमाडौं-१९ बसन्तपुर घर भएका २१ वर्षीय निलेश महर्जन ।
५. काठमाडौं-१९ इनाटोल घर भएका ४५ वर्षीय राजेश श्रेष्ठ |
६. बूढानीलकण्ठ- ०५ देउला टोल घर भएका ३३ वर्षीया सरिता देउला ।
७. काठमाडौं- १५ डल्लु घर भएका ४८ वर्षीय दीपक महर्जन ।
८. काठमाडौं-१३ कालिमाटी घर भएका ४८ वर्षीय विवेक महर्जन ।
९. काठमाडौं-१५ डल्लु घर भएका ५२ वर्षीय प्रकाश शाही ।

छुटाउनुभयो कि ?

error: कपि गर्नु राम्रो होइन ! कृपया आफ्नो भाषामा लेख्नु होला !

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।