२०८२ असार ३१ मंगलवार
२०८२ असार ३१ मंगलवार

मोटरसाइकल चोर्ने २ जना ट्राफिक प्रहरीको फन्दामा

काठमाडौँ । काठमाडौँ महानगरपालिका १५ स्वयम्भू स्तुपाबाट मोटरसाइकल चोरीमा संलग्न २ जनालाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । धादिङको गल्छि गाउँपालिका ५ रैले बस्ने २१ वर्षीय प्रकाश तामाङलाई बागमती प्रदेश-०२-०३३ प २७८९ नम्बरको मोटरसाइकल सहित ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो ।

गत साउन ७ गते सोमबार काठमाडौंको चन्द्रागिरि नगरपालिका ८ सानो मन्दिरका राज कुमार लोले घर अगाडि पार्किङ गरिराखेको बागमती प्रदेश-०२-०३० प ०५९९ नम्बरको मोटरसाइकल चोरी भएको भनि दिएको निवेदनका आधारमा खोजतलास गर्ने क्रममा तामाङलाई उक्त मोटरसाइकल सहित ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो ।

यस्तै सोही ठाउँबाटै गल्छि गाउँपालिका ५ सागिनेका २० वर्षीय सरोज तामाङलाई पनि बागमती प्रदेश प्रदेश-०२-०३७ प ८८ ५१ नम्बरको मोटरसाइकल सहित ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । वास्तविक नम्बर बागमती प्रदेश प्रदेश-०२-०४२ प २९६४ रहेको उक्त मोटरसाइकल ठमेल सात घुम्तिको एक होटलको पार्किङबाट हराएको भनि लमजुङको सुन्दरबजार नगरपालिका १० का सुदिप अधिकारीले२०८० कार्तिक २६ गते खोजतलासका लागि निवेदन दिएका थिए ।

नियन्त्रणमा आएका उनिहरूलाई आज थप अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त थानकोट पठाइएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक विश्‍वराज खड्काले जानकारी दिए ।

छुटाउनुभयो कि ?

error: कपि गर्नु राम्रो होइन ! कृपया आफ्नो भाषामा लेख्नु होला !

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।