२०८२ असार २ सोमबार
२०८२ असार २ सोमबार

जीवन रक्षक तालिम शुरु, ५७ जना सहभागी


काठमाडौं । नेपाल पौडी संघले आयोजना गरेको जीवन रक्षक तालिम आजबाट शुरु भएको छ । आइतबार राष्ट्रिय खेलकुद परिषदका निमित्त सदस्य सचिव अन्जन धमलाले तालिमको औपचारिक उद्घाटन गरेका हुन् ।

तालिमको उद्घाटन गर्दै निमित्त सदस्य सचिव धमलाले तालिमले दक्ष जीवन रक्षकको उत्पादन संगै पौडी पोखरीहरुमा हुने दुर्घटनाबाट मानवीय क्षतिमा न्यूनीकरण हुने विश्वास व्यक्त गरे ।

अन्तर्राष्ट्रिय खेलकुद परिसरको पौडी पोखरी सातदोबाटो ललितपुरमा संचालन भइरहेको उक्त तालिम मा ४ महिला र ५३ पुरुष गरि ५७ जना प्रशिक्षार्थी सहभागी रहेको संघको सचिव गंगालाल गोलेले जानकारी दिए ।

संघले निरन्तर २०० मिटर पौडी खेल्न सक्ने प्रशिक्षार्थीलाई मात्र प्रशिक्षण गराउन गरिएको कौशल परीक्षणमा तीन जना सहभागीहरु सफल हुन सकेनन् ।

उद्घाटन कार्यक्रममा संघका अध्यक्ष जगतमान श्रेष्ठले तालिमको महत्व र आवश्यकता बारेमा प्रशिक्षार्थीहरुलाई अवगत गरेका थिए । तालिम श्रावण १९ गते सम्म संचालन हुने संघले जनाएको छ ।

छुटाउनुभयो कि ?

error: कपि गर्नु राम्रो होइन ! कृपया आफ्नो भाषामा लेख्नु होला !

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।