२०८२ जेष्ठ २ शुक्रबार
२०८२ जेष्ठ २ शुक्रबार

‘विद्यालय शिक्षा विधेयकमा अपाङ्गतामैत्री विषय सुनिश्चित गर्नुपर्ने’

काठमाडौँ । सांसदहरुले ‘विद्यालय शिक्षा विधेयक’मा अपाङ्गतामैत्री विषय सुनिश्चित गर्न माग गरेका छन् । प्रतिनिधिसभा, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको आजको बैठकमा विधेयकमाथि संशोधन प्रस्तुत गर्दै सांसद निशा डाँगीले विद्यालयको भौतिक संरचना र पाठ्यक्रम अपाङ्गतामैत्री हुनुपर्ने विषय ऐनमै समावेश गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले निजी विद्यालयले विभिन्न शीर्षकमा विद्यार्थीसँग अनावश्यक शुल्क उठाइरहेकाले पोसाक, पुस्तक र कापी अभिभावक आफैँले खरिद गर्न पाउनुपर्ने व्यवस्थालाई विधेयकमा राख्नुपर्ने बताउनुभयो । संशोधनकर्ता अशोककुमार चौधरीले यौन शिक्षासँग सम्बन्धित विषय विद्यालयको तल्लो तहदेखि पाठ्यक्रममा राख्ने गरी विद्यालय शिक्षा ऐन संशोधन गर्नुपर्ने बताउनुभयो । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा छलफलको क्रममा रहेको सो विधेयकमाथि एक सय ५२ सांसदले संशोधन हाल्नुभएको छ ।

सांसद लेखनाथ दाहालले ऋण लिएर विद्यालयको भवन भव्य बनाउने तर विद्यार्थी र शिक्षक नहुने समस्या ऐनमार्फत समाधान गर्नुपर्ने धारणा राख्नुभयो । सांसद शिशिर खनालले सामुदायिक विद्यालयले निजी विद्यालयसँग प्रतिस्पर्धा गरी निजी विद्यालय अब्बल हुने गरी ऐन बनाउनुपर्नेमा जोड दिनुभयो । सांसद विराजभक्त श्रेष्ठले पुरातन शैलीको शिक्षाभन्दा अहिलेको आधुनिक प्रविधिसँग सुहाउँदो विद्यालय शिक्षा प्रणाली बनाउन माग गर्नुभयो ।

विद्यालय शिक्षाको राष्ट्रिय मानक तथा मापदण्ड निर्धारण, विद्यालय शिक्षाका मूलभूत विषयमा समता, एकरुपता र गुणस्तर कायम गरी विद्यालय सञ्चालनसम्वन्धी विषय व्यवस्थित गर्न तथा विद्यालय शिक्षासम्बन्धी प्रचलित कानूनलाई संशोधन र एकीकरण गर्ने उद्देश्यले सो विधेयक ल्याइएको हो ।

त्यसैगरी विद्यालय स्थापना र सञ्चालन, पाठ्यक्रम तथा पाठ्यसामग्री र शैक्षिक गुणस्तर, परीक्षा सञ्चालन तथा व्यवस्थापन, सार्वजनिक विद्यालयका शिक्षक र कर्मचारी नियुक्ति, पदीय आचरण, सरुवा, कारबाही तथा अवकाशका विषयमा एकरुपता ल्याउन पनि विद्यालय शिक्षासम्बन्धी विधेयक ल्याउनुपर्ने आवश्यकता औँल्याइएको छ ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।