२०८२ असार २८ शनिबार
२०८२ असार २८ शनिबार

सिभिल अस्पतालमा पार्किङ गरी राखेको मोटरसाइकल चोर्ने दुई जना पक्राउ

काठमाडौँ । नयाँबानेश्‍वरबाट मोटरसाइकल चोरीमा संलग्न २ जनालाई बिहीबार ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । बाराको कोहल्वी नगरपालिका २ ककडी घर भइ हाल काठमाडौंको किर्तीपुर बस्ने २३ वर्षीय सुवाष चौधरी र कोहल्वी नगरपालिका ५ घर भइ हाल ललितपुरको थसिखेल बस्दै आएका २४ वर्षीय यम नारायण चौधरीलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो ।

गत मंगलबार काठमाडौंको सिभिल अस्पतालमा पार्किङ गरी राखेको बागमती प्रदेश ०२-०४३ प ०९ ९५ नम्बरको मोटरसाइकल चोरी भएको भनि भक्तपुरका मनिष बहादुर कार्कीले दिएको निवेदनका आधारमा प्रहरीले खोजतलास गर्ने क्रममा उनिहरुलाई नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा आएका चौधरीद्वयले चोरी गर्ने समयमा प्रयोग गरेको लु २२ प ८५ २० नम्बरको मोटरसाइकल सहित CCTV फुटेजका आधारमा उनिहरु नियन्त्रणमा आएका हुन् । उनिहरुको साथबाट मोटरसाइकल चोरी कार्यमा प्रयोग हुने विभिन्न औजारहरु समेत प्रहरीले बरामद गरेको छ ।

चोरी गरेको बागमती प्रदेश ०२-०४३ प ०९ ९५ नम्बरको मोटरसाइकलका सन्दर्भमा प्रहरीले अनुसन्धान गरिरहेको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक विश्‍वराज खड्काले जानकारी दिनुभयो । नियन्त्रणमा आएका उनिहरुलाई अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त नयाँबानेश्‍वर पठाइएको छ ।

छुटाउनुभयो कि ?

error: कपि गर्नु राम्रो होइन ! कृपया आफ्नो भाषामा लेख्नु होला !

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।