२०८२ जेष्ठ ३ शनिबार
२०८२ जेष्ठ ३ शनिबार

चितवनमा सवारी दुर्घटना ; तीनजना घाइते, एकको अवस्था गम्भीर

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–६, जलविरेनजिकै माइक्रो बस दुर्घटना हुँदा तीनजना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार कावासोतीबाट काठमाडौंतर्फ जाँदै गरेको ग१ख ९१५५ नम्बरको माइक्रो आज बिहान सडकको डिभाइडरमा ठोकिँएको थियो ।

घाइतेहरूको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक भेषराज रिजालले जानकारी दिए । उनका अनुसार घाइतेमध्ये माइक्रोका सहचालक नवलपुरको कावासोती नगरपालिका–८ बस्ने ३६ वर्षीय धनश्याम न्यौपानेको अवस्था गम्भीर छ ।

बस आफैँ अनियन्त्रित भई दुर्घटना भएको अनुमान गरिएको छ । माइक्रो चालक चितवनको माडी नगरपालिका–१ का नन्दलाल महतोलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको उनले जानकारी दिए । उक्त माइक्रोमा १७ यात्री सवार थिए ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।