२०८२ जेष्ठ ३ शनिबार
२०८२ जेष्ठ ३ शनिबार

न्यूरोडमा अझै तनाव, महानगरको डोजरमाथि चढे स्थानीयवासी

काठमाडौं । न्यूरोडमा काठमाडौं महानगर र स्थानीयवासीबीच उत्पन्न भएको तनाव अझै साम्य भएको छैन । महानगरले डोजर चलाउने प्रयास गरेपछि स्थानीयवासी फेरि प्रतिकारमा उत्रिएका छन् ।

न्यूरोडमा सडक पेटी विस्तारका लागि महानगरले काम थालेपछि बिहानैबाट टकराब बढेको थियो । स्थानीयले अवरोध गरेपछि महानगरले काम गर्न पाएन । नगर प्रहरी र स्थानीयबीच बारम्बार घम्साघम्सी भएको थियो ।

अहिले बेलुकीपख बाक्लो संख्यामा प्रहरीको उपस्थितिमा महानगरले डोजर निकाल्ने प्रयास गर्‍यो । डोजर निकाल्नासाथ स्थानीयवासीले घेराउ गरेका थिए । उनीहरूले डोजरमाथि नै चढेर अवरोध पुर्‍याएका छन् ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।