२०८२ जेष्ठ ३ शनिबार
२०८२ जेष्ठ ३ शनिबार

‘उपसभामुख इन्दिरा राणा मगर विवादमा, युवालाई अवैध रुपमा पठाउँछन् अमेरिका’

काठमाडौं । रास्वपाकी सांसद एवम् उपसभामुख इन्दिरा राणा मगर विवादमा तानिएकी छन् । केही युवाहरूको लागि अमेरिकी भिसा माग्दै काठमाडौँस्थित अमेरिकी दूतावासलाई उपसभामुखको तर्फबाट पत्र पठाएको खुलासा भएसँगै उनी विवादमा तानिएकी हुन् ।

सन् २०२३ फेब्रुअरी २६ मा उपसभामुख रानामगरले अमेरिकी दूतावासलाई आफूसहित ६ जनाको नाम लेखेर न्युयोर्कमा आयोजित गैरसरकारी संस्था ‘सिएसडब्यू–६७’को कार्यक्रमका जान लागेको भन्दै भिसा मागेकी थिइन्। तर, दूतावासले कसैलाई पनि भिसा नदिएको देखिएको छ।

उपसभामुखको लेटरप्याड प्रयोग गरी ‘०००७२६’ नम्बरको कुटनैतिक पासपोर्टवाहक इन्दिरा रानामगर, उपेन्द्र गौतम, सुष्मा लामा, राजेश लामा तामाङ, सुजन घर्तीमगर र धनप्रसाद गुरुङका लगि भिसा मागिएको छ।

घटना अघिल्लो वर्षको भएपनि अमेरिकी दूतावासलाई लेखेको त्यो पत्र अहिले बाहिरीएको हो । युवाबाट उपसभामुखनिकट राष्ट्रिय स्वतन्त्र पार्टीका कतिपय नेताहरूले रकम असुली गरेको बु्झिएको छ ।

राज्यबाट भीआइपी सुविधा पाउने कुनै पनि उच्च तहको व्यक्ति विदेश जानुपरे सबै प्रक्रिया सरकारी संयन्त्रले नै अघि बढाउँछ। उपसभामुखको हकमा संसद् सचिवालय हुँदै परराष्ट्रबाट काम हुने प्रचलन छ। तर, उपसभामुख रानामगरले भने सिधै आफै पत्र लेखेर भिसा आवेदन हालेको देखिएको छ।

सभामुख देवराज घिमिरे र संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेले उपसभामुखको विषयलाई नोटिशमा लिइसकेको जनाएको छ छ।

यस विषयमा प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले उपसभामुख रानाले पदीय आचरणविपरीतको कार्य गरेकाले तुरुन्तै राजीनामा दिनुपर्ने बताएका छन् । उनले यस सम्बन्धमा राज्यव्यवस्था समितिमा उजुरी परेको र त्यसबारे अध्ययन भइरहेको जानकारी दिए।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।